आइसीसी टी–२० विश्व कप: पाकिस्तानले भारतलाई पहिलो पटक हरायो


     एभरेस्ट आवाज    
     कार्तिक ८ गते २०७८ मा प्रकाशित




आइसीसी टी–२० विश्व कपमा पाकिस्तानले पहिलो पटक भारतलाई हराएको छ।

भारतले दिएको १ सय ५१ रनको लक्ष्य पाकिस्तानले १ विकेट पनि नगुमाई १३ बलअघि नै भेटायो। पाकिस्तानका लागि कप्तान बाबर आजमले ६८ र विकेटकीपर मोहम्मद रिजवानले ७९ रन बनाए। आजम र रिजवानले १ सय ५२ रनको साझेदारी गरे।

यसअघि, दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन बनायो। भारतका लागि कप्तान विराट कोहलीले ५७ रन बनाए। यस्तै, विकेटकीपर ऋषभ पन्तले ३९ रन बनाए।

बलिङतर्फ पाकिस्तानका शहीन अफ्रिदीले ३ विकेट लिए। शहीनले केएल राहुल, रोहित शर्मा र कोहलीलाई आउट गरे। यस्तै, हसन अलीले २ विकेट लिए। यो जितसँगै टी–२० विश्व कपमा पाकिस्तानले भारतसँगको ६ भेटमा १ जित निकालेको


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।