बंगलादेशका शाकिब अल हसन टी–२० विश्व कप क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन्।
हिँजो (आइतबार) भएको श्रीलङ्कासँगको खेलमा २ विकेट लिएका बंगलादेशका अलराउन्डर शाकिब अल हसन टी–२० विश्व कपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन्।
शाकिबले टी–२० विश्व कपमा विकेटको संख्या ४१ बनाएसँगै टी–२० विश्व कप सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका हुन्। दोस्रोमा ३९ विकेटसहित पाकिस्तानका शाहीद अफ्रिदी, तेस्रोमा ३८ विकेटसहित श्रीलंकाका लासिथ मालिङ्गा र ३६ विकेटसहित पाकिस्तानका सईद अजमल चौथो नम्बरमा छन्। हिँजोको खेलमा ३ ओभर बलिङ गरेका शाकिबले १७ रन दिएर २ विकेट लिएका हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







