इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गरेको छ।
गएराति भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको युनाइटेडमाथि ५–० गोल अन्तरको सानदार जित निकालेको हो।
युनाइटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले ह्याट्रिक गरे। नेबी केइटा र डिएगो जोटाले १÷१ गोल गरे। खेलको पाँचौँ मिनेटमा केइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। जितसँगै लिभरपुलले ९ खेलमा २१ अंक जोडेको छ। युनाइटेड १४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
अर्को खेलमा टोटेनह्याम वेस्ट ह्यामसँग १–० गोल अन्तरले पराजित भएको छ। वेस्ट ह्यामको जितमा माइकल एन्टोनियोले निर्णायक गोल गरे। जितसँगै वेस्टह्यामले ९ खेलबाट १७ अंक जोडेको छ। वेस्टह्याम चौंथो स्थानमा उक्लिएको छ। टोटेनहम १५ अंक जोडेर छैटौं स्थानमा छ।
त्यस्तै, अर्को खेलमा लेस्टर सिटीले बेन्टफोर्डमाथि २–१ गोलले जित निकालेको छ। लेस्टरकको जितका लागि युरी टिलेमान्स र जेम्स म्याडिसनले गोल गरे भने ब्रेन्टफोर्डका लागि माथिएस जोर्गेन्सनले गोल गरे। लेस्टर १४ अंक जोड्दै लिगको नवौं स्थानमा रहेको छ । ब्रेन्टफोर्ड १२ अंक जोडेर १२ औं स्थानमा छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







