तस्बीरः एजेन्सी
अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाको सम्झनामा स्पेनी क्लब बार्सिलोना र अर्जेन्टिनी क्लब बोका जुनियर्सबीच मैत्रीपूर्ण खेल हुने भएको छ।
बार्सिलोना र बोका जुनियर्सबीचको मैत्रीपूर्ण खेल आगामी डिसेम्बर १४ मा साउदी अरेबियामा हुने तय भएको छ।
मैत्रीपूर्ण खेलको नाम ‘म्याराडोना कप’ राखिएको छ। ीवगतमा म्याराडोनाले बार्सिलोना र बोका जुनियर्स दुवै क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए।
म्याराडोनाको गत नोभेम्बरमा ६० वर्षको उमेरमा अर्जेन्टिनाको एक अस्पतालमा निधन भएको थियो। म्याराडोनासहितको टोलीले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएको थियो। म्याराडोना अर्जेन्टिनाका पूर्वप्रशिक्षकसमेत हुन्। उनले सन् २००८ देखि १० सम्म अर्जेन्टिनको राष्ट्रिय टोली सम्हालेका थिए। म्याराडोना विश्वमै सर्वकालीन महान फुटबलर मानिन्छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







