पोखरामा घरको जग हाल्न खनेको खाल्डो भत्किएर महिलाको मृत्यू


     एभरेस्ट आवाज    
     कार्तिक ९ गते २०७८ मा प्रकाशित




पोखरामा घरको जग हाल्न खेको खाल्डो भत्किएर एक जनाको मृत्यू भएको छ । पोखरा ११ फुलबारीस्थित लामिछाने थर भन्ने ठाउँमा घर निर्माण गर्न खनेको जगको खाल्डोमा सोइलिङ गर्ने क्रममा खाल्डोको भित्ता भत्किएर पुरिदा ती व्यक्तिको मृत्यू भएको हो । मृत्यू हुनेमा सिन्धुली जिल्ला ठूला गाउँ घर भई पोखरा महानगरपालिका वडा नम्बर ११ फुलबारीमा डेरागरी बस्ने ४१ व्र्षिया आइतीमाया थोकरको मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

खाल्डोमा पुरिएर गम्भीर घाइते भएकी आईतीमायालाई तत्काल उद्धार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगेपनि उपचारको क्रममा मृत्यू भएको प्रदेश प्रहरी कार्यालयले जारी गरेको वुलेटिनमा उल्लेख छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।