भाष्कर स्मृति प्रतिष्ठानले ३० जना ज्येष्ठ नागरिकलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानको यहि कात्तिक १८ गते विहीबार हुने प्रथम भेलाको अवसरमा ३० जना जेष्ठ सदस्यहरुलाई ज्येष्ठ नागरिक सम्मानबाट सम्मान गर्ने प्रतिष्ठानका संयोजक अमर सापकोटाले जानकारी दिए ।
कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ४ घाम्नुङ, राईथर (तारकाङ) निवासी पुर्खा भाष्कर सापकोटाभाटका सन्तान दरसन्तानहरुको आपसी भाइचारा वृद्धि गर्दै सामाजिक कामका सक्रियता वढाउने उध्येश्यले भाष्कर स्मृति प्रतिष्ठान गठन गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं. १३ काँहुखोलामा कार्यालय रहने सो प्रतिष्ठानका तदर्थ समितिको संयोजन युवा व्यवसायी अमर सापकोटा रहेका छन् । समितिमा यमबहादुर सापकोटा, दुर्गाबहादुर सापकोटा, सुर्यबहादुर सापकोटा, युवराज सापकोटा, बुद्धिबहादुर सापकोटा, हुमबहादुर सापकोटा, सुनिल सापकोटा, सिता सापकोटा, शुशिला सापकोटा, दिल बहादुर सापकोटा, शंकरबहादुर सापकोटा, प्रेम बहादुर सापकोटा, दत्त बहादुर सापकोटा र इश्वरी सापकोटा रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






