टर्कीका फोटोग्राफर मेहमत असलनले एउटा यस्तो तस्बीर खिचेका छन्, जसले धेरैलाई भावुक बनाउन सक्छ।
यो तस्वीरले भावुक मात्रै बनाउँदैन, यसले जीवनमा हारिसकेका मानिसहरुको हौसला बढाउने कामसमेत गर्छ। यो तस्बीरमार्फत् एक बाबु–छोराको प्रेम देखाइएको छ, जो असंख्य समस्या र पीडाबीच पनि हाँसिरहेका छन्। यो तस्वीरलाई वर्षको सर्वश्रेष्ठ फोटोको रुपमा चुनिएको छ।
मेहमन असलनको यो तस्बीर सिरिया–टर्की सीमामा हेटे प्रान्तको रेहनालीमा बसिरहेका एक सिरियाली शरणार्थी बाउ–छोराको खुसी देखाइएको छ। तस्बीरमा बाउ, छोरा दुबै अपाङ्ग देखिएका छन्। तरपनि, उनीहरु मुस्कुराइरहेका छन्। त्यसैले यो तस्बीरलाई सिएना इन्टरनेशनल अवार्ड्स २०२१ मा ‘फोटो अफ द इयर’ चुनिएको छ।
यो तस्बिरमा देखिएका पिताले सिरियाको एउटा बजारमा भएको बम बिस्फोटमा आफ्नो खुट्टा गुमाएका थिए जबकी गर्भवती श्रीमती गृहयुद्धकै बेवा एउटा विषालु ग्यासको सम्पर्कमा आएकी थिइन् जसका कारण छोरा हात–खुट्टा बिना नै जन्मिए । पिताको एउटा खुट्टा छैन भने छोराको हात–खुट्टा दुबै छैनन्। मेहनल असलनले यी बाउ–छोराको यो खुसीलाई आफ्नो क्यामरामा कैद गर्न सफल भएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







