बालअधिकारकर्मी बास्तोला आफ्नै घरको कोठाभित्र मृत भेटिए


     एभरेस्ट आवाज    
     कार्तिक १२ गते २०७८ मा प्रकाशित




बालअधिकारकर्मी श्रीप्रसाद बास्तोला मृत भेटिएका छन्।

पोखरा–११, फूलबारीस्थित आफ्नै घरको कोठाभित्र बास्तोलाको मृत शरीर भेटिएको कास्की प्रहरीले घटनाको पुष्टि गरेको छ।

कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले आफ्नै घरको कोठामा बास्तोलाका मृत शरीर भेटिएको जनाए।

बास्तोलाले आत्महत्या गरेको हुन सक्ने अनुमान लगाइएको छ। सामाजिक सञ्जाल फेसबुकमा रातीको ३ः३० मा बास्तोलाले आत्महत्याको सांकेतिक स्टाटस लेखेका छन्। बास्तोलाले पारिवारिक घर झगडाका कारण आत्महत्या गर्ने सांकेतिक स्टाटस लेखेका छन्।

१५ बर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम भन्दै उनले स्टाटसमा लेखेका छन्,
देशको बाताबरण गर्ने होईन, मर्ने बनाउने खालको छ।
पैत्रिक संपति, घर, खेत, जग्गा, सुन, गहना, स्कूल, सबै चैट।
आज आफै चैट।
लज्जा देख्नु भन्दा,अस्ताउनु बेश


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।