‘कर्कले मामाको चौतारी’ को छायांकन सुरु


     एभरेस्ट आवाज    
     कार्तिक १२ गते २०७८ मा प्रकाशित




श्यामशुक्ला फिल्म प्रोडक्सनको निर्माणमा बन्न लागेको सिरियल ‘कर्कले मामाको चौतारी’ को छायांकन फेरी सुरु भएको छ ।

रोकिएको छ । छायांकनका क्रममै निर्देशक वासुदेव पोखरेलको देब्रे हात फ्याक्चर भएपपछि रोकिएको छायांकन स्वास्थ्य अबस्था सामान्य भएपछी पुन छायांकन सुरु गरिएको निर्माता घनश्याम लामिछानेले जानकारी दिए ।

‘कर्कले मामाको चौतारी’ मा प्रज्ञा जोशी, सुशील पोखरेल, लेखक तथा निर्देशक वासुदेव पोखरेल, तुलासा क्षेत्री, सामाजिक अभियान्ता कोबिदशरण उपाध्याय, प्रज्वल भित्रीकोटी, राज थापा, अबिराज, ममता अधिकारी, सरु शर्मा, दीपेश लामिछाने, राजकुमार गुरुङ, श्यामसुन्दर कार्की, नवराज लामिछाने, कपिल शर्मा, प्रेम क्षेत्री, प्रताप सापकोटा, धनबहादुर कार्की, लक्ष्मी घिमिरे, इच्छा घिमिरे, शिवबहादुर बराल लगायतको अभिनय रहनेछ ।

श्याम सुन्दर कार्की र अन्जली पोखरेलको सहनिर्देशनमा तयार हुने सिरियलमा सिद्धार्थ गौतम र गौसब गुरुङको छायांकन, अराज केशब र किशोर सुवेदीको संगीत रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।