पोखरेली बसन्त कार्की क्यानडा सरकारद्वारा सम्मानित


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०७८ मा प्रकाशित




क्यानडा सरकारद्वारा क्यानडाबाट प्रसारित माउन्ट एभरेस्ट टि.भि. का संचालक बसन्त कार्की सम्मानित भएका छन् ।
नेपालीहरुको महान चाड बडादशैं तथा दिपावलीको अवसरमा चितवन समाज क्यानडाले क्यानडाको टोरन्टो स्थित ब्रामटनको पृतमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा क्यानडा सरकारको तर्फबाट ओन्टारियोका अर्थमन्त्री प्रमित सरकारियाद्वारा माउन्ट एभरेष्ट टेलिभिजन क्यानडा का प्रबन्ध निर्देशक कार्कीलाई सम्मान पत्र द्वारा सम्मान गरेको हो । बिदेशिएका नेपाली हरुलाई तथा विश्व जगतलाई नै टेलिभिजन तथा अन्य मिडियाहरुको माध्यम बाट सुसूचित गराएको भन्दै क्यानडा सरकारले कार्कीलाई सम्मान गरेको बताइन्छ ।
हाल क्यानडा मा वसोवास गरिरहेका पोखरेली कार्की व्यवसाय संगसंगै समाजसेवा मा पनि उत्तिकै सक्रिय रहेका छन्।पछिल्लो समय कोभिड-१९ को दोश्रो भेरियन्टको नेपालमा पनि महामारी चलिरहंदा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई सिधै लिखित प्रस्ताव गरि २७ भेन्टिलेटर र १६ हजार पि।पि।ई। रोयल आर्मी अफ क्यनडाको जहाजमार्फत नेपाल पठाउन पहल गरेका थिए।

माउन्ट एभरेष्ट टेलिभिजन नर्थ अमेरिकाबाट सञ्चालीत पहिलो नेपाली टेलिभिजन भएकोले पनि यो सम्मान प्रदान गरिएको जनाईएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।