हेवनको आयोजनामा कास्कीको मादीमा निशुल्क स्वास्थ्य सिविर सम्पन्न


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०७८ मा प्रकाशित




पोखरा । लायन्स क्लब अफ पोखरा हेवनद्वारा निशुल्क स्वास्थ्य सिविर कार्यक्रम सम्पन्न भएको छ । कास्की जिल्लाको मादी– ५, थाम ल्हाम्जा( लंकाछर) निशुल्क स्वास्थ शिबिर संचालन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व डिस्ट्रीक्ट गभर्नर दिपक श्रेष्ठले समाजमा लायन्स क्लब अफ पोखरा हेवनले स्वास्थ क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याएको प्रति प्रंशसा व्यक्त गरे ।

कार्यक्रमका विशेष अतिथि, लायन्स मोडल भिलेज चिफ तथा चितेपानी फाउन्डेसनका संस्थापक टिकाराम सापकोटाले समय सान्दर्भिक र महिला, वृद्धबृद्धा लक्षित कार्यक्रमको लागि लायन्स क्लब अफ पोखरा हेवनलाई धन्यवाद दिदै चितेपानि ट्रस्टको तर्फबाट आर्थिक सहयोग गर्न पाउदा खुसी लागेको बताए । स्वास्थ शिविरसंगै माटो विशेषज्ञद्वारा कृषकहरुको खेतवारिको माटो परिक्षण सहित उचित खेतीपाती , तरकारी तथा फलफूल खेतिको सिफारिस र प्रोत्साहन गरिने बताइएको छ ।

यस्तै सामाजिक क्षेत्रको अर्को अग्रणी संस्था नमस्ते चिल्ड्रेन फाउन्डेसन, पोखराको आर्थिक सहयोग र सौजन्यतामा खरिद गरिएको ४६ थान कृषि औजार ( फोरुवा) प्रती घरधुरी एक औजारको हिसाबले कृषकहरु लाई बितरण तथा लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोनको नाममा उनकै प्रतिमा सहितको पार्क निर्माण गरिने र सो को लागि संभावित जग्गा÷एरिया छनोट गरिने उनले बताए ।

सिविरमा पोखरा स्वास्थ बिज्ञान प्रतिस्ठान ( गण्डकी हस्पिटल ) का वरिष्ठ डाक्टरहरु डा. राजेश अधिकारी , डा. पदम राज ढुंगाना , डा. प्रेम राज पंगेनि , डा.सन्देश आचार्य , डा. कल्पना यादव , बि.एन सरस्वती गौतम लगायतको टोलिले स्वास्थ जाँच गरेका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ पोखरा हेवनले आबस्यक औषधिको ब्यबस्था गरेको थियो ।

क्लबका चार्टर अध्यक्ष जीवनराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव गिरिधारी ढकालले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।