पोखरा । नेपाल राष्ट्रिय कर्मचारी महासंघ गण्डकीको अध्यक्षमा तारानाथ सुबेदी चयन भएका छन् ।
शनिबार पोखरामा सम्पन्न महासंघको दोस्रो प्रदेश भेलाले सुबेदीको अध्यक्षतामा ३३ सदस्यीय समिति गठन गरेको हो ।
कार्यक्रममा विश्वको सगरमाथामा महासंघको झण्डा फहराउन सफल भएको भन्दै नापी अधिकृत इञ्जिनियर खिमलाल गौतमलाई प्रंशसापत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा उपस्थित हुन नसकेको गौतमलाई उनका बुबा भिमप्रसाद गौतम मार्फत सम्मान गरिएको हो । उनलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल, अध्यक्ष सुबेदी लगायतले सम्मान गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







