एकीकृत समाजवादी निकट अनेरास्ववियु गण्डकीमा थप पदाधिकारीको जिम्मेवारी


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०७८ मा प्रकाशित




नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियुको गण्डकी प्रदेशमा थप जिम्मेवारी दिएको छ।

गण्डकी प्रदेश अध्यक्ष ठाकुर शर्मा पराजुलीको अध्यक्षतामा शनिबार बसेको बैठकले प्रदेशको रिक्त जिम्मेवारीमध्ये उपाध्यक्षमा सचिन लुइँटेल र एकराज आचार्य, सचिवमा गोविन्द महत, सहसचिवमा नवदुर्गा कँडेल लगायतलाई जिम्मेवारी प्रदान गरिएको अनेरास्ववियु उपसचिव राजन शर्मा पराजुलीले जानकारी दिएका छन्।

बैठकमा प्रमुख अतिथि तथा नेकपा एसका केन्द्रीय सदस्य तथा विद्यार्थी सह–इन्चार्ज मोहन गौतम, अनेरास्ववियू केन्द्रिय अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष हिरेन्द्र शाही, उपमहासचिव राजन शर्मा पराजुली, मेगनाथ चापागाईं , स्थायी कमिटी सदस्य सन्तोष अधिकारी र सन्तोष न्यौपाने लगायत विद्यार्थी नेताहरुको उपस्थिति थियो। गण्डकी प्रदेश अध्यक्ष ठाकुर शर्मा पराजुलीको अध्यक्षतामा बैठक बसेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।