तस्बीरः एन्फाको सामाजिक सञ्जाल
एएफसी यु–२३ एसियन कप छनोट चरणबाट बाहिरिसकेको नेपाल आज –आइतबार) अन्तिम खेल खेल्दै छ।
अन्तिम खेलअन्तर्गत नेपालले आज लेबनानसँग प्रतिस्पर्धा गर्दैछ। आजको खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र हो। किनकि दुवै देश छनोट चरणबाटै बाहिरिसकेका छन्।
नेपाल र लेबनानबीच ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आज बेलुकी पौने ५ बजे खेल्दैछ।
छनोट प्रतियोगितामा विजेता बन्न समूह ‘बी’ का इरान र ताजकिस्तान प्रतिस्पर्धामा छन्। दुवै टोलीका समान २ खेलबाट ६÷६ अंक छ। समूहको शीर्ष टोलीले एएफसी यु–२३ एसियन कप खेल्नेछ।
पहिलो खेलमा इरानसँग ४–० तथा दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोलअन्तरले हारेपछि नेपाल छनोट चरणबाटै बाहिरिएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







