पोखरा ४ ग्रह्रापाटनमा रहेको नेलम्बो नेपाल र अन्नपूर्ण गाउँपालिकाको संयुक्त आयोजनामा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ८ मा रहेको विरेठाँटी मा.वि मा निःशुल्क दन्त शिविर आयोजना गरिएको छ । स्थानिय विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलाई लक्षित गरेर निःशुल्क दन्त शिविर आयोजना गरिएको हो ।

शिविरमा निःशुल्क रुपमा दाँतको चेक जाँच, औषधी उपचार, दाँत भर्ने, दाँत निकाल्ने, दाँतको जरै देखि उपचार, दाँत सफा गर्ने, दाँतको एक्सरे, गिजाको उपचार आदि जस्ता मुख तथा दाँत सम्बन्धी औषधी उपचार गरिएको नेलम्बो नेपालका मिडिया कोअर्डिनेटर भीमप्रसाद भण्डारीले जानकारी दिए । शिविरमा २९४ जना लाभान्वित भएको उनले बताए ।
सो शिविरमा नीजि अस्पतालमा गरिने उपचारका आधारमा भन्दा ११ लाख ५० हजार बराबरको औषधी उपचारको सेवा दिइएको उनको दाबी छ ।
नेलम्बो नेपालले मिनि भ्यानलाई मोवाईल डेण्टल भ्यानको रुपमा परिकल्पना गरि सम्पूर्ण अत्याधुनिक उपकरणहरु सोही भेनमा जडान गरि विपन्न समुदायलाई लक्षित गरि गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।
शिविर उद्घाटनको अवसरमा बोल्दै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले नेलम्बो नेपालको लक्ष्य भनेको विपन्न समुदायमा मुख तथा दाँत सम्बन्धी अति महँगो उपचारलाई सुलभ बनाउने रहेको बताए । उनले नेलम्बो नेपाल आगामी दिनहरुमा पनि गाउँपालिका र विरेठाँटी मा.विसँग सहकार्य गरेर सहयोग गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै, अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवर, स्वास्थ्य संयोजक ऋषिराम पौडेल, शिक्षा संयोजक बलराम भुँगाईलगायतले नेलम्बो नेपालको सामाजिक कार्य उदाहरणीय रहेको बताए ।
शिविर कात्तिक ७ गतेदेखि १७ गतेसम्म एक हप्तासम्म चलेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बैशाख १८ फेवातालमा डुबेर एक बालकको मृत्यू भएको छ । पोखरा महानगरपालिका–१८…






