एन व्याब्सनको दुई दिने प्रश्नपत्र निर्माणसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०७८ मा प्रकाशित




एन प्याब्सन कास्कीको आयोजनामा स्तरीकृत प्रश्नपत्र निर्माणसम्बन्धी दुई दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

राष्ट्रिय परीक्षा वोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश, पोखराको समन्वयमा भएको उक्त गोष्ठी एन प्याब्सनमा आवद्ध विद्यालयका अग्रेजी, गणित र विज्ञान विषयका शिक्षक गरी १ सय २० जनाको सहभागिता रहेको एन प्याब्सन परीक्षा उपसमितिका कार्यवहाक संयोजक सञ्जय पौडेलले जानकारी दिए । गोष्ठीको सहजीकरण डा.वेदप्रसाद ढकाल, रमेश भट्टराई, शान्ताराम लामिछाने र बामदेव पौडेलले गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा वोर्ड गण्डकी प्रदेशका प्रमुख विष्णुनारायण श्रेष्ठ र एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले कार्यशाला गोष्ठीमा सहभागिलाई प्रमाण पत्र वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा वोर्ड गण्डकी प्रदेशका प्रमुख श्रेष्ठले दुई दिने गोष्ठीले आगामी दिनमा हुने परीक्षा प्रणाली अझै स्तरीय हुने विश्वास व्यक्त गरे ।

एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य शिवराज पौडेल, प्रशिक्षक डा.वेदप्रसाद ढकाल, गोष्ठीमा सहभागीको तर्फबाट हिलसाइड वोर्डिङ स्कूलकी आरती सुवेदी, रत्नज्योति माविकी जमुना अधिकारी, अल्फा एकेडेमीका कृष्णप्रसाद धितालले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।