आइसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले सानदार जित निकालेको छ।
दुबईमा गएराति भएको खेलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको हो। भारतले दिएको १ सय ११ रनको लक्ष्य न्युजिल्यान्डले १४ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो।
न्युजिल्यान्डका लागि डार्यल मिचेलले सर्वाधिक ४९ रनको योगदान दिए भने कप्तान केन विलियम्सनले अविजित ३३ रन बनाए। यस्तै, मार्टिन गुप्टीले २० रन जोडे। भारतका जस्प्रित बुम्राहले २ विकेट लिए। यसअघि, पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय १० रन बनाएको थियो।
भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक २६ रन बनाए भने हार्दिक पाड्याले २३ रन, केएल राहुलले १८ तथा रोहित शर्माले १४, रिसब पन्तले १२ रन र कप्तान विराट कोहली ९ रन बनाए। भारतलाई सस्तैमा समेट्न न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ३ विकेट लिए भने इस सोधीले २ तथा टिम साउथी र आदम मिल्नेले १÷१ विकेट लिए।
जितसँगै समूह २ को न्युजिल्यान्डले २ खेलमा २ अंक जोडेको छ। जितसँगै २ अंक जोडेको न्युजिल्यान्ड समूहको तेस्रो स्थानमा रहेको छ। अहिलेसम्म २ खेलमा दुवैमा हार बेहोरेको भारतले भने कुनैपनि अंक जोड्न सकेको छैन। भारत पाँचौँ स्थानमा छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







