पोखरामा शनिबार भाइटिका महोत्सव हुँदै


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०७८ मा प्रकाशित




फाइल तस्विर ।

पोखरा । पश्चिमाञ्चल होटल संघ पोखराले तिहारका अवसरमा आगामी शनिवार १४ औं भाइटिका महोत्सव २०७८ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा यो महोत्सव हुन लागेको हो ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै जारी कोभिड महामारी विच पनि पर्यटन क्षेत्रमा आसा छर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । कोभिड १९ का कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुबेदीले आपसी भाइचार अभिवृद्धि गर्दै पर्यटन प्रबद्र्धनमा महोत्सवले सघाउने विश्वास व्यक्त गरे ।

विगत दुई बर्षदेखि यस्तो महोत्सव हुन नसकेकोमा यसपटक १४ औं भाइटिका महोत्सवको रुपमा विदेशी पर्यटकलाई टिका लगाउने कार्यक्रम राखिएको महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । महोत्सवका २० भन्दा बढी विदेशी पर्यटक सहभागी हुने अपेक्षा राखिएको संयोजक श्रेष्ठले बताए ।

तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय लिएको यसप्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको संघले जनाएको छ ।

साढे दुई बजे सुरु हुने महोत्सवमा उपस्थितिका लागि सम्पूर्ण मिडियाकर्मीलाई संघले हार्दिक अनुरोध समेत गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।