पोखरा । नेकपा एमाले पोखरा ३३ भरत पोखरीले बिहिबार नेपालिहरुका विभिन्न चाडपर्व बिजया दशमी ,तिहार ,छठ तथा नेपाल सम्बत को अवशरमा शुभकामना आदान प्रदान एबम चियापान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथी कास्की क्षेत्र न २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराई अधिकारिले देशको प्रमुख समस्या गरिबी नै भएको भन्दै नेकपा एमालेले मात्रै देशलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउने दाबी गरिन्।
उनले संस्कारयुक्त राजनितिक गतिबिधी नेपालको टड्कारो आवश्यकता भएको उल्लेख गर्दै श्रमजिबी जनताका सरोकारलाई अनुसासित राजनितिले मात्रै सम्बोधन गर्न सक्ने बताइन।
ने क पा एमाले कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले वडा न ३३ एतिहासिक बिरासत बोकेको वडा भएको हुँदा सो वडा बासी कुनै बिखण्डनमा नलागी एकताबद्ध हुने बिश्वास व्यक्त गर्दै विभिन्न बिकास निर्माणका उपलब्धि र भाबी योजनाका बारेमा प्रकाश पारे। थापाले एमालेको गतिशिल कार्यमा जनताको साथ र मायाका कारण जुनशुकै अवरोधले पनि केही असर नपार्ने जिकिर गरे।
कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सदस्य रश्मि आचार्यले नेपाल दक्षिण एसियामा कसैको दास नबनेको भन्दै देशको स्रोत साधनको उच्चतम प्रयोगमा अबको राजनीति केन्द्रीकृत हुनुपर्ने बताए। गण्डकी र कास्कीको मुख्य आकर्षण पर्यटनलाई बिकासको केन्द्रभागमा राख्नु पर्ने उल्लेख गरे।
पोखरा महानर कमिटी अध्यक्ष दिलिप न्यौपाने ,कास्की जिल्ला कमिटी सचिबालय सदस्य युबराज पौडेल ,वडा न ३३ का निबर्तमान अध्यक्ष गुरु प्रसाद क्रान्तिकारी ,सो वडाका वडा अध्यक्ष शिव प्रसाद आचार्य ,साबिक भरत पोखरी गा बि स अध्यक्ष यज्ञ प्रसाद अधिकारी ,नेपाली काङ्ग्रेस वडा न ३३ का उपाध्यक्ष गोबिन्द गौतम ,सरस्वती टीका मा बि का अध्यक्ष ऋषि राज आचार्य ,एमाले पोखरा महानगर कमिटी सफस्य चन्द्र पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए।
वडा कमिटीका अध्यक्ष दिपक्राज लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष महेश्वर अर्याल ,र संचालन सचिब शान्तिदेबि आचार्यले गरेकी थिइन।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल…






