पोखरा इलेक्ट्रिक क्लबमा सापकोटा


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरा इलेक्ट्रिक क्लबको २३ औं साधारण सभा तथा ७ औं अधिवेशनले कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सर्वसम्मत चयन भएको कार्यसमितिको निवर्तमान अध्यक्षमा भिमप्रसाद गौतम, उपाध्यक्षमा दीपक बास्तोला,महासचिवमा अमृत पोखरेल,सहसचिवमा प्रकाश कटवाल र कोषाध्यक्षमा ऐन भट्टराई चुनिएका छन् ।

क्लबका कानूनी सल्लाहकार शुकेदव गौतम संयोजक तथा हरिप्रसाद भट्टराई र डिल्लीराम आचार्य सदस्य रहेको निर्वाचन समितिले दिएको जानकारी अनुसार कार्यसमितिका सदस्यहरुमा डोलराज लम्साल,प्रदीप पौडेल,गणेशप्रसाद भट्टराई ,गोपी उप्रेती प्रेमबहादु कार्की र दानबहादुर श्रेष्ठ रहेका छन् ।

सञ्जय श्रेष्ठ र माधव आचार्यले कार्यसमिति सर्वसम्मत बनाउन विशेष पहल गरेका थिए । यसअघि साधारण सभाले सचिव दीपक बास्तोला र कोषाध्यक्ष गणेशप्रसाद भट्टराईको प्रतिवेदन पारित गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।