तस्बीरः एजेन्सी
टी–ट्वान्टी विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीमा रहेको नेपाली टोलीले बंगलादेशमा भएको टी–ट्वान्टी सिरज जितेको छ ।
हाल बंगलादेशमा रहेको नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले बंगलादेशको बंगबन्धु कृरा शिक्षा प्रतिष्ठानविरुद्धको ३ खेलको टी–ट्वान्टी सिरज जितेको हो। नेपाली महिला टोलीले ३ खेलको सिरिज २–१ ले जितेको हो।
नेपालले तेस्रो तथा अन्तिम खेलमा प्रतिष्ठानलाई ७ विकेटले हरायो। कृरा शिक्षा प्रतिष्ठानको घरेलु मैदानमा सम्पन्न खेलमा प्रतिष्ठानले दिएको ५४ रनको सामान्य लक्ष्य १४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो। नेपालका लागि कविता जोशीले अविजित १४ रन बनाइन्। त्यस्तै, सरिता मगरले अविजित १३ रन बनाउँदा काजल श्रेष्ठले १० बनाइन्।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको कृरा शिक्षा प्रतिष्ठानले १६ ओभर ५ बलमा संपूर्ण विकेट गुमाएर ५३ रन बनाएको थियो। उसका लागि बोन्याले १७ रनको योगदान गरिन्। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो रन जोड्न सकिनन्।
बलिङतर्फ नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ४ विकेट लिइन्। उनले ३ ओभरमा मात्र ६ रन खर्चिन्। त्यस्तै, करुना भण्डारीले २ विकेट लिइन्। त्यस्तै, कविता कुँवर र सिता रानामगरले समान १÷१ विकेट लिइन्। नेपाली टिमकी कप्तान रुबिना ‘प्लेअर अफ दी सिरिज’ घोषित भइन् ।
पहिलो खेल नेपालले २४ रनले जितेको थियो। तर, बंगलादेशको टिमले दोस्रो खेल ५ विकेटले जितेर शृंखला बराबर गरेको थियो।
सिरिजअन्तर्गत नेपालले पहिलो खेल २४ रनले जितेको थियो। तर, दोस्रो खेल ५ विकेटले हारेको थियो।
नेपाली महिला क्रिकेट टिम विश्वकप एसिया छनोटको तयारमिा बंगलादेशमा बन्द प्रशिक्षणमा थियो। सोही प्रशिक्षणअन्तर्गत नेपालले बिकेएसपीसँग ३ खेलको मैत्री शृंखला खेलेको हो।
नेपाली टिम आज (बिहीबार) नेपाल फर्किँदैछ। त्यसपछि नोभेम्बर १४ तारिखमा कतारससँग टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्न त्यसतर्फ प्रस्थान गर्ने तालिका छ। कतारमा नेपालले नोभेम्बर १६, १७ र १८ तारिखमा ३ टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। विश्वकप एसिया छनोट युएइमा नोभेम्बर २२ तारिखमा सुरु हुँदैछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


झण्डै डेढ बर्षपछि पोखरा प्रज्ञा प्रतिष्ठानले नयाँ पदाधिकारी पाएको छ । महानगरपालिकाकी…





