कास्कीका डीएसपी सुवास हमालको सरुवा मुगुमा, हमालको सट्टामा सुन्दर तिवारी


     एभरेस्ट आवाज    
     कार्तिक २६ गते २०७८ मा प्रकाशित




जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाल सरुवा भएका छन्।

प्रहरी प्रधान कार्यालयले आज ९५ जना डीएसपीहरुको सरुवा गर्दा हमालको सरुवा जिल्ला प्रहरी कार्यालय मुगुमा भएको हो।

त्यस्तै, कास्कीमा हमालको स्थानमा डीएसपी सुन्दर तिवारी आउने भएका छन्। तिवारी यसअघि बागमती प्रदेश प्रहरी कार्यालयको अन्वेषण योजना शाखामा कार्यरत थिए। प्रहरी प्रधान कार्यालयले हमालसहित ९५ जना डीएसपीको एकै पटक सरुवा गरेको हो।

सरुवा सूची अनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत प्रहरी नायव महानिरीक्षकको सचिवालयमा विनोद शर्मा र गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान सहायतामा श्रवणकुमार विक आउने भएका छन्। 


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।