पिस विन, महिला स्वास्थ्य परियोजनाको सामाजिक लेखा परीक्षण


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०७८ मा प्रकाशित




महिलाको प्रजनन स्वास्थ्य सम्बन्धमा गैरसरकारी संस्था पिस विनको उल्लेखनीय भूमिका खेलेको कार्यक्रमका सहभागीहरुले बताएका छन्।

पिस विनको महिला स्वास्थ्य परियोजना लेखा परीक्षण तथा सार्वजनिकि सुनुवाई कार्यक्रममा बोल्दै सहभागी सरोकारवालाहरुले कार्यक्रमलाई निरन्तरता दिन समेत जोड दिए।

संस्थाले महिलाहरुको गर्भपतन सेवा र परिवार नियोजनका साधनको उपयोगमा संस्थाले सहयोग पु¥याएको उनीहरुको भनाई थियो। संस्थाले आफूहरुलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी गराएर संस्थाले सशक्तिकरण गराएकोमा सन्तुष्ट रहेको सरोकारवालाहरुले उल्लेख गरे।

पोखरा महानगरपालिका प्रवक्ता एवं महानगर–५ का वडाध्यक्ष धनबहादुर नेपालीले महिलाहरुको स्वास्थ्यसम्बन्धी कार्यक्रममा महानगरपालिका आगामी दिनमा पनि सहकार्य र साझेदारीका लागि तयार रहेको प्रष्ट पारे। नेपालीले पोखरा महानगरपालिकाले महिला सशक्तिकरणका लागि विविध कार्यक्रम गरेको समेत उल्लेख गरे। उनले भने, ‘महिला सशक्तिकरण र उनीहरुको प्रजनन स्वास्थ्य सम्बन्धमा महानगर विन पिस जस्ता गैरसरकारी संस्थासंग हातेमालो गरेर अझै अगाडि बढ्न चाहन्छ।’

उनले कृषि पेशमा आश्रित महिलाहरमा बढि यौन तथा प्रजनन स्वास्थ्य समस्या जटिल रहेको बताए। पुरुषहरुको लापरवाहीका कारण महिलाहरुको स्वास्थ्यमा जटिलता आउने गरेको नेपालीले औंल्याए। उनले भने, ‘महिलाहरुको स्वास्थ्यसम्बन्धमा पुरुषहरुले लापरवाही होइन, ख्याल राख्नुपर्छ। त्यसमा पुरुषहरु सच्चिन आवश्यक छ।’

पोखरा–७ का वडा सदस्य प्रभा पन्तले संस्थाले पोखरा महानगरपालिकासँगको सहकार्य आवश्यक रहेको औंल्याइन्। ‘महिलाहरुको प्रजनन स्वास्थ्यसम्बन्धी समस्या जटिल हुन्छन्, उनले भनिन्, ‘महिलाबीचमा यस्तो कार्यक्रम संचालन गर्नु संस्थाले महत्वपूर्ण काम गरेको छ।’
संस्थाका बोर्ड सदस्य एवं पत्रकार श्याम कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी परियोजना संयोजक पशुपती चौधरीले परियोजना र कार्यक्रमसम्बन्धी प्रकाश पारेकी थिइन्। रिजनल अस्पतालकी व्यवस्थापक प्रमिला श्रेष्ठ, एसडीओ फिल्ड कोअर्डिनेटर फूलमाया दूरालगायतले परियोजना सम्बन्धी धारणा राखेका थिए। संस्थाका बोर्ड सदस्य कृष्ण कुँवरले स्वागत गरेको कार्यक्रममा सामाजिक लेखा परीक्षक दीपेन्द्र श्रेष्ठले सहजीकरण गरेका थिए।

बाजुरा जिल्लाको मार्तडीमा केन्द्रीय कार्यालय रहेकोे यस संस्थाले गण्डकी प्रदेशमा पाँचौ चरणका कार्यक्रमहरु २०२० देखि २०२२ सम्म संचालन गरेको छ।

संस्थाले यो वर्ष प्रदेशको कास्की, नवलपुर, तनहुँ र लमजुङमा सेवा प्रदायक ७ जनालाई कपर्टीको तालिम प्रदान गरेको छ। प्रदेशको परियोजना संचालन भएको ४ जिल्लामा १० वटा क्याम्प संचालन गरेको र उक्त क्याम्पबाट ४ सय ५३ जनाले सेवा लिएको संस्थाको प्रतिवेदनमा उल्लेख छ।
गैरसरकारी संस्था वा निजी स्वास्थ्य संस्थाहरुबाट महिलाहरुले चाहेको समयमा गुणस्तरिय र सुरक्षित गर्भपतन तथा परिवार नियोजनका सेवाहरु सहज रुपमा प्राप्त गर्न सकुन भन्ने उद्देश्यले २०४९ मा यस गैरसरकारी संस्थाको स्थापना भएको हो।

संस्थाले पोखराको पस्र्याङस्थित एभरेस्ट एफएम ९३ मेघाहर्जबाट शनिबार बिहान ७ः२५ मा र बुधबार बेलुकी ७ः२५ मा चेतनामूलक कार्यक्रम ‘एक, दुई तीन, सुनौ एकै छिन’ प्रशारण गर्दै आएको छ। हालसम्म उक्त कार्यक्रमको ३६ औं भाग प्रशारण भइसकेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।