स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

स्याङ्जा । स्याङ्जामा गएराती ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गएराती स्याङ्जाको आँधीखोला गाउँपालिका – ५ एकरायको भित्री सडकमा ग १ त ६४४० नम्वरको ट्याक्टर दुर्घटना हुँदा चालक तनहुँको भानु नगरपालिका – ५ का ३८ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा सोही ठाउँका वर्ष ३४ का रेशम गुरुङ घाइते भएका छन् । उनलाई जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।