तस्बीरहरुः सामाजिक सञ्जाल
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आब्हन गरेको नेपाल बन्दमा पोखरा समेत ठप्प बनेको छ। हालसम्म यहाँ बन्द गराउँदै हिँडेका ८ जनालाई गिरफ्तार गरिएको कास्की प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले तिमध्ये केही बन्दकर्ता र केही संदिग्ध भएको आधारमा गिरफ्तार गरिएको बताए। तर, नेकपा (माओवादी) को जिल्ला पार्टीले भने २ जना मात्रै गिरफ्तार भएको जनाएको छ। बन्दका कारण पोखरा बजार सुनसान जस्तै छ। विहानैदेखि सवारी साधनहरु चलेका छैनन्। पसलहरु खुलेका छैनन्। अस्पताल, एम्बुलेन्स, पानी, तरकारी र दुग्धजन्य वस्तु बोकेको सवारीका साधन भने निर्वाध चलेका छन्। बन्द सफल बनाउन पोखराको विभिन्न सडक तथा चोक चोकमा बिहानै टायर बालेका थिए। त्यस्तै बन्द सफल बनाउन सोमबार साँझ बेलुकी पोखरामा बन्दकर्ताको मशाल जुलुस निकालिएको थियो।
बन्द पोखराको फोटोफिचर













सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







