गण्डकीमा २७ संक्रमित, २३ कोरोना संक्रमण मुक्त


     एभरेस्ट आवाज    
     कार्तिक ३० गते २०७८ मा प्रकाशित




पोखरा । मंगलबार गण्डकी प्रदेशमा २७ जनामा कोरोना भाइरस संक्रमण हुँदा २३ जना संक्रमणमुक्त भएका छन् ।

प्रदेशका विभिन्न प्रयोगशालामा २६२ जनामा गरिएको परीक्षणमा २७ जनामा संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । संक्रमित हुनेमा सबैभन्दा धेरै कास्कीका १३ जना छन् । यस्तै नवलपरासी वर्दघाट सुस्ता पूर्वका ६, बाग्लुङका ४, म्याग्दीका २, तनहुँ र लमजुङका एक–एक जना छन् ।

यो सहित हालसम्म प्रदेशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ८६ हजार ६९८ पुगेको छ । ती मध्य ८५ हजार ९६४ जना संक्रमणमुक्त भइसकेका छन् । यस्तै संक्रमणका कारण एक हजार ४०३ जनाको ज्यान गुमेको छ । अब प्रदेशभर होम आइसोलेसनका २९६ सहित ३३१ जना सक्रिय संक्रमित छन् ।

यस्तै हालसम्म ७ लाख ३१ हजार ८५७ जनाले कोभिड–१९ विरुद्धको पुरा डोज र १० लाख ८२ हजार ४२ जनाले पहिलो डोज खोप लगाएको पनि निर्देशनालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।