साङ्केतिक तस्विर
पोखरा ।पोखरामा तास खेलिरहेका ८ जनालाई प्रहरी पक्राउ गरेको छ । पोखरा महानगरपालिका४ कालिमाटीचोकस्थित एक खाजाघरबाट उनीहरुलाई प्रहरीले मंगलबार राती ८ बजे पक्राउ गरेको हो ।
जुवा तास खेलिरहेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले नगद १ लाख ४ हजार ३६० रुपैयाँ , ३ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
यस्तै, प्रहरीले गएराती नवलपरासी पूर्वको देवचुली नगरपालिका–१२ बाट ७ जनालाई नियन्त्रणमा लिएको छ ।
गैडीको एक घरमा जुवा तास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले गयराती ११ बजे नगद ९७ हजार ३१०, २ बुक तास सहित उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालप पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







