‘डिजिटल गण्डकी प्रदेश’ बनाइने


     एभरेस्ट आवाज    
     मंसिर १ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेशलाई ‘डिजिटल गण्डकी प्रदेश’ बनाइने भएको छ । गण्डकी प्रदेश सरकारको हालै बसेको मन्त्री परिषद बैठकले ‘डिजिटल गण्डकी प्रदेश’ बनाउने अवधारणा पत्र स्वीकृत गरेको हो ।

प्रदेशलाई पेपरलेस बनाउँदै डिजिटलाईज गर्ने योजना अन्र्तगत यो अवधारणा पत्र आएको बताउँदै उनले भने,‘त्यो अन्तर्गत डाटा सेन्टर स्थापना, सफ्टवेयर ईट्रिगेसनका कुरा, विपन्न वर्गलाई निःशुल्क कम्प्युटर कक्षा सञ्चालनका कुराहरु यसमा पर्छन् । यसका लागि मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशका सबै मन्त्रीहरु, प्रमुख सचिव, योजना आयोगका उपाध्यक्ष र मुख्य न्यायाधिवक्ता सदस्य तथा मुख्यमन्त्री कार्यालयका सचिव सदस्य सचिवका रुपमा रहेको निर्देशक समिति रहने मन्त्री खड्काले जानकारी दिए ।

त्यस्तै, प्रदेशका कानूनमन्त्रीको अध्यक्षतामा प्रमुख सचिव, योजना आयोगका सदस्य तथा प्रदेशका सम्पूर्ण सचिवहरु सदस्य र कानून मन्त्रालयका सचिव सदस्य सचिव रहेको कार्यकारी कार्यान्वयन समिति बनाइएको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।