फाइल तस्बीर
गण्डकी प्रदेश लगायत मुलुकका धेरै स्थानमा आज (बिहीबार) आंशिक बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आगामी आज गण्डकी प्रदेश लगायत मुलुकका धेरै स्थानमा आंशिक बदली हुने जनाएको छ।
मौसम पूर्वानमान महाशाखाले जारी गरेको सूचना अनुसार मुलुकका धेरैजसो स्थानमा सामान्य बदली हुने जनाएको छ।
महाशाखाका अनुसार अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली हुनेछ ।
आज दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।
त्यस्तै, राति प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भू–भागहरु आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १० – अन्तर्राष्ट्रिय ओलम्पिक दिवस–२०२६ को अवसरमा नेपाल ओलम्पिक कमिटी…






