कास्की जिल्ला अदालत बार एशोसियसनले नेपाल बार एशोसियसनले आयोजना गरेको शान्तिपूर्ण धर्नामा प्रहरीले गरेको आक्रमणको निन्दा गरेको छ । बारका कास्की अध्यक्ष नारायणप्रसाद शर्मा र सचिव युवराज ज्ञवालीले भ्रष्टाचार, असक्षम र नैतिकताविहीन कार्यमा संलग्न प्रधानन्यायाधीस चोलेन्द्र शमसेर जबराको राजिनामा माग्दै बारले बुधबार गरेको शान्तिपूर्ण धर्नामा दंगा प्रहरीले वर्वरतापूर्ण र कायरतापूर्ण आक्रमण गरेको भन्दै सो कार्यको भत्र्सना गरेका हुन् ।
बार कास्कीले युद्धको बेला प्रयोग गरिने एसएलआर बोकेका प्रहरीलाई प्रवेश गराई न्यायको मन्दिर अदालतलाई युद्ध मैदान बनाएको आरोप लगाएको छ । उसले वर्तमान अवस्थामा न्याय प्रशासन र न्याय सम्पादन गर्न नसकिने बताएको छ ।
बार कास्कीले बुधबार प्रहरीको आक्रमणमा परेर घाइते भएका नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायतको स्वास्थ्य लाभको कामना गरेको छ । साथै उसले जुनसुकै अवस्थामा हुने भ्रष्ट र बिचौलियाहरुको हर्कतबिरुद्धमा एकताबद्ध भई नेपाल बार एशोसियसनले घोषणा गरेको आन्दोलनमा कास्की बारको ऐक्यबद्धता रहेको जनाएको छ ।
बार एशोसियसन कास्कीले पूर्व घोषित कार्यक्रम अनुसार भोलि पूर्वाह्न ११ बजेदेखि हुने कालो पट्टी बाँध्नेसहितको धर्ना कार्यक्रम जारी रहने र सो कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण कानून व्यवसायीहरुलाई उपस्थितिका लागि आग्रह गरेको छ ।ञ
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







