पोखरा । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ ।
२०७० मंसिर २३ गते स्थापना भएको युआरएलले मंसिर महिनाभर विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागेको हो । वार्षिकोत्सवको अवसरमा मंसिर महिनाभर रगतमा हुने खराब बोसो९टिजी० सित्तैमा जाँच गरिनेछ भने अरु सबै प्रकारका रक्तजाँच र होलबडीका प्याकेजमा समेत ३० प्रतिशत छुट दिइएको अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए ।
वार्षिकोत्सवको अवसरमा पोखरा र तनहुँमा निशुल्क शिविर, २३ गते युआरएल पत्रकारिता पुरस्कार वितरण समारोह हुने अध्यक्ष पन्तले जानकारी दिए । मंसिरको तेस्रो शनिबार ल्याब प्राविधिकलाई क्षमता अभिवृद्धि तालिम र २६ गते लेखनाथको शिशुवाचोकमा निशुल्क शिविर आयोजना गरिने उनले जानकारी दिए ।
यो अफर युआरएलको प्रधान कार्यालय सभागृहचोक, गिरी कम्प्लेक्ससहित शाखा कार्यालय हस्पिटलचोकसहित युआरएल दुलेगौंडा, दमौली, बेशीसहर र वालिङमा समेत उपलब्ध छ ।
विश्वकै सर्वोत्कृष्ट प्रविधि, उत्कृष्ट मेसिन र दक्ष जनशक्तिबाट सेवा दिइरहेको युआरएलले ग्राहकलाई उपहारस्वरुप योजना ल्याएको अर्थ निर्देशक गणेश कोइरालाले बताए । महामारीका बेला स्वास्थ्य मापदण्ड पूरा गर्दै युआरएल गण्डकी प्रदेशलाई रक्त परीक्षणमा अत्मनिर्भर बनाउन लागिपरेको निर्देशक सन्दीप अर्यालले बताउँछन् ।
हालसम्म ४ लाखभन्दा बढीलाई सेवा दिइसकेको युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सयभन्दा बढी स्वास्थ्य शिविर र सचेतना कार्यक्रम गरिसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमै पराजित…







