चिल्ड्रेन नेपालले गर्‍यो लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०७८ मा प्रकाशित




पोखरा ।चिल्ड्रेन नेपालको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाको सहयोगमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी र तिनका अभिभावकहरुलाई लक्षित गर्दै पोखरा– ९ शिवटोलमा बिहीबार सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका निमित्त कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले लिङ्गका आधारमा कुनै पनि हिंसात्मक कार्य हुन नहुनेमा जोड दिए । लिङ्गका आधारमा सार्बजनिक र निजि जीवनमा हुने हिंसाविरुद्ध संस्थाले सचेतनामूलक कार्यक्रमहरु गर्ने गरेको बताए । लैङ्गिक हिंसा सामाजिक समस्याको रुपमा देखा परेको भन्दै यसको समाधानका लागि समाजका सबै वर्गको उक्तिकै महत्वपूर्ण भूमिका रहने उनको भनाई थियो ।

संस्थाका निमित्त कार्यकारी निर्देशक शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमको उद्देश्यमाथि वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले प्रकाश पारेकी थिइन् ।

विद्यार्थी, अभिभावक, शिवटोल विकास संस्था र आमा समूहका सदस्यहरु गरी ७६ जना सहभागी रहेको कार्यक्रममा लैङ्गिक हिंसा, यसले पारेको प्रभाव र हिंसा पछिको कानूनी उपचार लगायतका विषयमा अधिवक्ता भुवन पराजुलीले सहजीकरण गरेकी थिइन् ।

समाजका राम्रा मुल्य मान्यताको सम्वद्र्धन र नराम्रा अबधारणा ,मुल्य मान्यतालाई परिबर्तन गर्न सहयोग पुर्याइ समुन्नत समाज निर्माणको बाटो उन्मुख गराउने उदेश्यले सो कार्यक्रम गरिएको कार्यक्रम सञ्चालक तथा सह–संयोजक रमेश सुबेदीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।