प्रेस चौतारी कास्कीको अध्यक्षमा अर्जुन गिरी चयन भएका छन् । प्रेस चौतारी कास्कीको निवर्तमान संयोजकसमेत रहेका गिरी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अध्यक्षमा गिरीसहित एकराज गिरी, राजाराम पौडेल र कृष्ण आचार्य (रचित)ले उमेद्वारी दिएका थिए । तर चौतारीका अग्रजहरुले हस्तक्षेप गर्दै सर्वसम्मत नेतृत्व चयन गरेको थियो ।
समितिको उपाध्यक्षमा मोतिसागर अधिकारी चयन भएका छन् । अधिकारीसहित दीपक पौडेलको उमेद्वारी परेपनि अधिकारी सर्वसम्मत उपाध्यक्ष बनेका हुन् । महिला उपाध्यक्षमा बालकुमारी पौडेल चयन भएकी छन् । पौडेलसहित कञ्चन थापा र उमा आले मगरको उमेद्वारी परेपनि पौडेल महिला उपाध्यक्षमा चयन भएकी हुन् ।
त्यस्तै सचिवमा रञ्जन अधिकारी चयन भएका छन् । अन्य प्रतिष्पर्धीहरु कमल सुवेदी, गौरव त्रिपाठी र प्रभू अधिकारीको उमेद्वारी परेपनि रञ्जन सर्वसम्मत सचिवमा चयन भएका हुन् ।
सहसचिवमा ईश्वर देवकोटा तथा महिला सहसचिवमा उमा आले मगर र कोषाध्यक्षमा जीवन सुवेदी चयन भएका छन् ।
त्यस्तै,सदस्यहरुमा पुनम थापा मगर, अनुप पौडेल, राजु गिरी, सुरक्षा श्रेष्ठ, अनिता घिमिरे, अर्पण तिवारी, आशिष पुरी, दीपा पौडेल, अर्जुन थापा मगर, सञ्जय रानाभाट, कृष्ण देवकोटा, रोजी बुढा मगर, रेजिना कटुवाल, सूर्य परियार, अमृतकुमार भट्टराई, काशीनाथ कुमाल, सविन रेग्मी, रिजन ढुंगाना –दर्शन), दीपक अधिकारी, दीपेन्द्र शाही,निरज बसौला र शिव बोहोरा चयन भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







