सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्न सक्ने नेतृत्व चयन गर्न माओवादी केन्द्रको आह्वान


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०७८ मा प्रकाशित




नेकपा माओवादी केन्द्रले सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्न सक्ने नेतृत्व चयन गर्न आह्वान गरेको छ । नेकपा माओवादी केन्द्रको शनिबार देशभर हुने वडा अधिवेशनको पूर्व सन्ध्यामा पार्टी प्रवक्ता कृष्णबहादुर महराले वक्तव्य जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।

वक्तव्यमा वडा सम्मेलनमा विभाजित मनोविज्ञान एवम् मानसिकता नराखी एकताबद्ध भएर नेतृत्व चयन गर्न आग्रह गरिएको छ । पार्टी प्रवक्ता महराले पार्टीको मुख्य आधार भनेको तल्लो तहमा रहेर काम गरिरहेका नेता, कार्यकर्ता र जनसमुदाय रहेको भन्दै सबल र सक्षम नेतृत्व चयन गर्न अपिल गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।