माओवादी केन्द्रको आज देशभर वडा अधिवेशन


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७८ मा प्रकाशित




????????????????????????????????????

नेकपा माओवादी केन्द्रको आज (शनिबार) देशभर एकसाथ पार्टीको वडा अधिवेशन हुँदैछ।

माओवादी केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नेछन्। त्यससँग माओवादीको देशभर एकसाथ वडा अधिवेशन प्रारम्भ हुनेछ।

देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएर माओवादी केन्द्र वडाधिवेशनमो होमिएको हो। निर्वाचनका लागि माओवादी केन्द्रीय निर्वाचन आयोगले प्रत्येक वडामा ३ सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ।

माओवादी केन्द्रको ११ मंसिरमा पालिका र २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन हुनेछ। आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गर्दैछ। प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।