नेकपा माओवादी केन्द्र पोखरा–१ को अध्यक्षमा रुद्र


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७८ मा प्रकाशित




नेकपा माओवादी केन्द्र पोखरा–१ को अध्यक्षमा रुद्र लुईटेल चयन भएका छन् । नेकपा माओवादी केन्द्र पोखरा–१ को शनिबार सम्पन्न वडा अधिवेशनले लुइटेलको अध्यक्षतामा ३५ सदस्यीय कमिटी चयन गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीका कार्यलय सदस्य भानुभक्त अधिकारीले माओवादी केन्द्रलाई देशको प्रमुख शक्ति बन्नबाट कसैले रोक्न नसक्ने ठोकुवा गरे । माओवादीले उत्पीडित जनताको पक्षमा काम गरेकाले दलाल र पुँजीवादीहरुको प्रतिनिधित्व गर्ने पार्टीले केहिपनि नलछार्ने बताए ।

कार्यक्रममा नेता तिलक कोइरालाले माओवादी पार्टी जनताको वास्तविक पार्टी भएको बताउँदै सबै परिवर्तनकामीहरु लमबद्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टीका पुर्व अध्यक्ष शंकर तिवारी, भद्र त्रिपाठी ,ईन्द्रशोभा पौडेल, बालकृष्ण कोइराला लगायतले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।