‘ए’ डिभिजन लिग फुटबल : थ्री स्टारको विजयी सुरुआत


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०७८ मा प्रकाशित




तस्बीरः एन्फा

थ्री स्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले हराउँदै थ्री स्टारले सानदार विजयी सुरुवात गरेको हो।

थ्री स्टारको जितमा निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले १/१ गोल गरे। थ्री स्टारले पहिलो हाफमै २ गोल गर्न सफल बन्यो। थ्री स्टारका लागि फ्रीकिकमार्फत निशानले खेलको २२, हेडमार्फत बिडीयासले ४४ र अनन्तले ५८ औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई ३–० को जित दिलाए।

जितसँगै थ्री स्टारले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ। थ्री स्टार तालिकाको शीर्ष स्थानमा छ। थ्री स्टारका निशान खड्का खेलको ‘म्यान अफ दि म्याच’ बने।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।