तस्बीरः एन्फा
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबले विभागीय सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराएको छ।
काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ब्रिगेड ब्वाइजले एपीएफ क्लबलाई ३–२ गोलले हरायो।
आफ्नो पहिलो सुरुवाती खेलको जितसँगै ब्रिगेड ब्वाइजले महत्वपूर्ण ३ अंकको खाता खोलेको छ।
बराबरीतर्फ गएको खेलमा इञ्ज्युरी समयको दोस्रो मिनेटमा सुरज गुरुङले गोल गरेपछि ब्रिगेड ब्वाइज विजयी बन्यो। ब्रिगेड ब्वाइजका लागि दिनेश राईले २ गोल गरे। एपीएफका आशिष लामा र विकी तामाङले १÷१ गोल गरे पनि जितका लागि पर्याप्त भएन। खेलमा ब्रिगेडका रोशन रानामागर ‘म्यान अफ दि म्याच’ बने।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







