साङ्केतिक तस्विर
पोखरा । मुस्ताङको थासाङ गाउँपालिका १ टुकुचे नजिकै भएको जिप दुर्घटनाका घाइतेहरुलाई उपचारकारका लागि काठमाण्डौं पठाइएको छ ।
सोमबार विहान बेनी जोमसोम सडकखण्ड अन्र्तगत टुकुचे नजिकै भन्सिङ भन्ने स्थानमा जोमसोमबाट बेनीतर्फ जाँदै गरेको ग १ ज ७७०३ नम्वरको जीप दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ ।
सडकदेखि अन्दाजी २० मिटर खसेर भएको जिप दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् । घाइतेमध्य २ जना श्री शैनिक उच्च शिखर विद्यालय कैसाङ मुस्ताङमा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु सबैलाई नेपाली सेनाको विमानमार्फत उपचारका लागि काठमाण्डौंस्थित छाउनी अस्पताल पठाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







