पोखरा लेडि जेसिजको अध्यक्षमा लक्ष्मी अधिकारी


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरा लेडि जेसिजको अध्यक्षमा लक्ष्मी अधिकारी निर्वाचित भएकी छन् ।

संस्थाको ३३ औं साधरण सभा तथा २८ औं शाखा अधिवेशनले वर्ष २०२२ कालागि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

यस्तै संस्थाको उपाध्यक्षमा सरु थापा, सिलु चालिसे, सुनिता गौतम भण्डारी, संगिता अधिकारी र सम्झना थापा क्षेत्री, सचिवमा प्रमिला सुवेदी, कोषाध्यक्षमा सुमित्रा कोइराला निर्वाचित भएकी छन् । निर्देशकमा सिर्जना आले, सकुन पौडेल, दिपा तिवारी रेग्मी र रचना अधिकारी, कानूनी सल्लाहाकारमा लता थापालाई चयन गरेको छ ।

यसअघि कार्यक्रमको गण्डकी प्रदेशका भौतिक पूर्वाधार सहरी विकास तथा यातायातमन्त्री कुमार खड्काले उद्घाटन गरेका थिए । संस्थाले विभिन्न विधामा अवाडद्वारा सम्मानपनि गरेको छ ।

कार्यक्रममा सीता अवार्डबाट सकुन पौडेल , निर्मला अवार्डबाट रिना पौडेल, गिता–जोजिना अवार्डबाट नन्द कुमारी सुवेदी ,अस्मिसुस अवार्डबाट सकुन्तला गुरुङ, बेस्ट पर्सनालिटि अवार्डबाट लिलावति पनेरु(सरु) ,प्रेस प्रिन्टिङ अवार्डबाट सृजना आले ,अर्थ संकलन अवार्डबाट बिनिता सुवेदी, को–ओपरेटिप अवार्डबाट सुभद्रा बराल सम्मानित भएका छन् ।

यस्तै शिलु चालिसेलाई अनुशासित अवार्ड, सम्झना बस्नेतलाई विशेष सहयोगी, प्रमिला सुवेदीलाई आउट स्टयाडिङ र मिडिया सहयोगी दिपा पौडेल लाई सम्मान गरिएको छ ।

कार्यक्रममा समाजसेवी सकुन्तला गुरुङ, पोखरा लेडी जेसिजका पूर्व अध्यक्ष सुनयना पालिखे, मातृशाखा पोखरा जेसिजका अध्यक्ष ई.किरण केसी, पोखरा जेसिजका पूर्व अध्यक्ष एवं ४८ औं राष्ट्रिय महाधिवेशन निर्देशक जेसिआई सिनेटर ईश्वर कर्माचार्य लगायतले बोलेका थिए ।

पोखरा लेडि जेसिज बर्ष–२०२१ का अध्यक्ष कमला शर्मा कडेल (बिनिता )को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव जेसि प्रमिला सुवेदीले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।