प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७८ मा प्रकाशित




फाइल तस्विर : प्रधानमन्त्री शेरबहादुर देउवा

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत चयन भएका छन् ।

उनको गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए । सभापति देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिएका थिए ।

यस्तै कांग्रेस नेतृ एवम प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी छन् ।

कांग्रेस पार्टीको विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ । – रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।