साङ्केतिक तस्विर
पोखरा । पोखराका विभिन्न ठाउँमा बालबालिकाहरुलाई ललाई फकाई तथा धम्की देखाएर सुनका मुन्द्रा तथा गहना चोरेको आरोपमा एक किशोरी पक्राउ परेकी छन् ।
चोरी गरेको आरोपमा स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्वर ४ स्थायी घर भई हाल पोखरा–१४ वस्ने वर्ष २४ की अम्बिका पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकी मगरमाथि पोखराका विभिन्न स्थानमा ५ वर्षदेखि ९ वर्षसम्मका बालबालिकाहरुलाई ललाई फकाई, विभिन्न डर,त्रास र धम्की दिई ५ जना बालबालिकाहरुको कानमा लगाएको मुन्द्रा चोरी गरि फरार भएको आरोप छ ।
पिडितहरुले दिएको सूचना र हुलियाका आधारमा खोजतलास गर्दै जाँदा सुनको मुन्द्रा १३ टुक्रा (४८ लाल) सुनको ६ थान मुन्द्रा (४५ लाल) सहित वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकी मगरमाथि जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्की प्रहरीले “अप्रेशन ३६५” अभियानलाई निरन्तरता दिएको छ । अभियान अन्र्तगत हालसम्म…







