पोखरा । नेपाली कांग्रेस कास्कीको जिल्ला सभापतिका लागि ५ जनाको उमेद्वारी परेको छ ।
भोलि हुने अधिवेशनका लागि बिहीबार ५ जनाले सभापतिका लागि मनोनयन दर्ता गराएका हुन् । जिल्ला सभापतिको उमेद्वारी दर्ता गराउनेमा आइबहादुर गुरुङ, किशोरदत्त बराल, गिरिराज गौतम, पोषनाथ शर्मा र सुदिपमोहन भट्टराई रहेको निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए ।
यस्तै उपसभापतिमा १० जनाको उम्मेद्वारी परेको छ । जसमा कृष्णप्रसाद ढुंगाना, नाराण कुमार श्रेष्ठ, पिताम्बर पौडेल, प्रज्वल रञ्जित, विजयराज भण्डारी, युवराज कुँवर, रामबहादुर भण्डारी, रंगिला आचार्य, लेखबहादुर गुरुङ र हरिप्रसाद शर्मा लामिछानेले उम्मेद्वारी दिएका छन् ।
सचिवमा ९ जनाको उम्मेद्वारी परेको छ । अमृत कुमार श्रेष्ठ, कृष्णप्रसाद तिमिल्सिना, देवेन्द्र भाट, भरतप्रसाद तिवारी, भानुभक्त ढकाल, महेन्द्र पुन, राजबहादुर गुरुङ, विष्णुप्रसाद पौडेल र सिरोज कोइरालाले सचिवमा उम्मेद्वारी दिएका हुन् ।
यस्तै सहसचिवमा पनि ९ जनाविच नै चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । सो पदका लागि कृष्णमान ठुसाजु, गणेशबहादुर थापा खत्री, जयप्रकास थापा, देवराज गुरुङ, नवीन सिग्देल, भीम गौतम, लक्ष्मण पहारी, विकाश थापा र शंकर ढुंगानाले सहसचिवमा उम्मेद्वारी दिएका हुन् ।
सदस्यतर्फ पोखर महानगरबाट १६ जना, रुपा गाउँपालिकाबाट तीन जना, मादि गाउँपालिकाबाट तीन जना, अन्नपूर्ण गाउँपालिकाबाट दुई जना, माछापूछ्रे गाउँपालिकाबाट चार जना, जिल्ला कार्यसमिति सदस्यमा २९ जनाको उम्मेद्वारी परेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







