पोखरा । शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशको नेपाली विषयका रोष्टर प्रशिक्षकका लागि प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण बिहिबारदेखि सुरु भएको छ ।
तालिम केन्द्र दमौलीको विस्तारित शाखा अमरसिंहमा हुने एकहप्ते प्रशिक्षणमा गण्डकी प्रदेशका माध्यमिक तहका २४ जना नेपाली विषय शिक्षकहरुको सहभागिता रहेको छ ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका प्रमुख नेपालहरि रानाभाटले प्रशिक्षणले शिक्षकहरुमा ताजगीकरण, सिकाइका नवीनतम कला, शिक्षण सिकाई सहजीकरणको नवीन विधिको ज्ञान, सिकाइमा सूचना प्रविधिको प्रयोगसम्बन्धी ज्ञानको विकास हुने बताए । प्रशिक्षणले गण्डकी प्रदेशबाट अब्बल, योग्य र दक्ष प्रशिक्षक उत्पादन गर्ने विश्वास व्यक्त गर्दै रानाभाटले कुनै पनि तालिम तथा प्रशिक्षणले नयाँ विषयवस्तुसँग अपडेट गराउने र शिक्षकले नयाँनयाँ पुस्तासँग सिकाइ सहजीकरण गरिरहनु पर्ने भएकाले पनि यस प्रशिक्षण रोष्टर प्रशिक्षकका लागि निकै महत्वपूर्ण भएको बताए ।
शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका प्रमुख नेपालहरि रानाभाटको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा शिक्षा तालिम केन्द्र दमौलीका शाखा अधिकृत विदुरहरि आचार्यले स्वागत र प्रशिक्षक रुद्रमणि पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







