जनगणना सकियो, छुटेकाले ११७८ मा फोन गर्नुस

- गणनामा विशेष कारणले सहभागी हुन नपाएकाहरूको भने आज (शुक्रवार) पनि गणना गरिने तथ्यांक विभागले जनाएको छ। तर, आज गणना भएपनि बिहीबारसम्मकै तथ्यांकलाई आधार मानिनेछ। आज गणना गर्दा आज नै कसैको परिवारमा कोही जन्मिएका, मृत्यु भएका भएपनि बिहीबारसम्मकै तथ्यांक लिइने छ


     एभरेस्ट आवाज    
     मंसिर १० गते २०७८ मा प्रकाशित




गएको कात्तिक २५ गतेदेखि सुरु भएको राष्ट्रिय जनगणना बिहीवारदेखि औपचारिक रूपमा सकिएको छ।

गणनामा विशेष कारणले सहभागी हुन नपाएकाहरूको भने आज (शुक्रवार) पनि गणना गरिने तथ्यांक विभागले जनाएको छ। तर, आज गणना भएपनि बिहीबारसम्मकै तथ्यांकलाई आधार मानिनेछ।

आज गणना गर्दा आज नै कसैको परिवारमा कोही जन्मिएका, मृत्यु भएका भएपनि बिहीबारसम्मकै तथ्यांक लिइने छ। आजसम्ममा सबै गनेर सकिने तथ्यांक विभागले दाबी गरेको छ।

विशेष कारणवश गणनामा सहभागी हुन नपाएको भए ११७८ नम्बरमा फोन गरेर तथ्यांक टिपाउन सकिने छ। गएको २५ गतेदेखि गणकहरू नागरिकका घरदैलामा पुगिरहेका छन्। जनगणनाका लागि देशभर ८ हजार ५ सय सुपरीवेक्षक र ४० हजार गणक कर्मचारी खटेका थिए। एक गणकले एउटा परिवारसँग २० मिनेटमा प्रश्नावली सोध्ने गरी औसत समयसमेत तय गरिएको थियो।

तथ्यांक विभागले गणना औपचारिक रूपमा सकिएको दाबी गरे पनि कैयौँ व्यक्तिले भने आफूहरूकोमा गणनाका लागि मानिस नआएको भन्दै गुनासो गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।