परिवर्तनको संवाहक माओवादी हुनुमा गर्व गरौं : कोइराला


     एभरेस्ट आवाज    
     मंसिर १० गते २०७८ मा प्रकाशित




नेकपा माओवादी केन्द्रका केन्द्रीय प्रतिनिधि तथा पोखरा महानगर ईञ्चार्ज दीपक कोइराला (रुपक)ले माओवादी हुनुमा गर्व गर्नुपर्ने बताएका छन् । नेकपा माओवादी केन्द्र पोखरा महानगरपालिका वडा नम्बर ४ को वडा अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै उनले भने,‘माओवादी परिवर्तनको सम्वाहक हो, यसैका कारण जनयुद्ध, जनआन्दोलनहुँदै देशमा गणतन्त्र आयो, संविधान आयो, धर्मनिरपेक्षता, संघीयता आयो, त्यसैलेआज हामी आज जुन अवस्थामा छौं, यो आउनुको मुख्य कारण माओवादी हो, यसप्रति हामी गर्व गर्छौं, त्यहि भएर माओवादी हुनुमा पनि गर्छौं र गरौं ।’

कोइरालाले आजको दिन ल्याउन कयौं आफन्त तथा साथीभाईले सहादत प्राप्त गर्नुका साथै कयौंले अङ्गभङ्ग भएर घाईते, अपाङ्ग हुनुपरेको भन्दै माओवादीकै कारण प्राप्त उपलब्धीमा बसेर तिनै माओवादीलाई गाली गर्नुको तुक नहुने बताए । उनले चितवनको नारायणी नदीमा पुगेको एमालेले गर्ने भ्रमबिरुद्ध मुकाबिला गर्ने बेला आएको बताए । उनले माओवादीलगायतका दलहरुले आन्दोलन नगरेको भए केपी ओलीले उहिल्यै संविधान खारेज गरिसक्ने बताए । उनले ओली प्रवृत्तिका केहि नेताहरुका कारण समाजवादी कम्युनिष्टहरुको ८० प्रतिशत बाहुल्यता रहेको नेपालमा २० प्रतिशत रहेका पुँजीवादीहरुले राज्य सञ्चालन गरिरहेको पनि बताए ।

कार्यक्रममा सहीद परिवार लक्ष्मी गिरी, पुराना माओवादी नेताहरु रामप्रसाद पौडेल, मदनकाजी श्रेष्ठ, श्रीकृष्ण अधिकारी, रिताकुमारी पौडेल, केदारनाथ अधिकारीलगायतलाई सम्मान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।