फाइल फोटो
पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला सभापति तर्फको मतगणना जारी रहेको छ । केहीबेर अगाडी पोखरा उद्योग वाणिज्य संघको हलमा मतगणना शुरु भएको मत गणनाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक मत परिणाम अनुसार किशोरदत्त बराल अगाडी देखिएका छन् । करिव ४ सय मतगणना सकिँदा जिल्ला सभापतिका आकांक्षी किशोरदत्त बराल र सुदिपमोहन भट्टराईविच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार बरालले १९७ प्राप्त गरेका छन् । यस्तै भट्टराईले १६८ मत सहित बराललाई पछ्याई रहेका छन् ।
त्यस्तै आइबहादुर गुरुङले १३६ पोषनाथ शर्माले ७० र गिरीराज गौतमले १६ मत प्राप्त गरेका छन् ।
कास्की कांग्रेसको सभापतिका लागि ५ जनाका विच प्रतिस्पर्धा भइरहेको छ । मतदाताको संख्या २ हजार ८८ भए पनि पनि २ हजार २५ मत मात्रै खसेको थियो ।
सभापतिमा प्रतिस्पर्धामा रहेका मध्ये जसले ५१ प्रतिशत मत ल्याउँने नै कास्की सभापति बन्ने छ । पहिलो चरणमा कसैले ५१ प्रतिशत मत नल्याएमा सभापतिका लागि पुन मतदान हुने छ ।
सभापतिको टुंगो लगाएपछि मात्र अन्य पदाधिकारी र सदस्यको मतगणना गरिने कांग्रेस कास्की सभापति कृष्ण केसीले जानकारी दिएका छन् ।
कांग्रेसमा ५० प्रतिशतभन्दा बढी मत ल्याउनेमात्रै सभापति बन्न पाउने कांग्रेसको वैधानिक व्यवस्था छ ।
सभापती सहित ९२ जना उमेदवार बनेका थिए । अन्य पदको मत गणना भने सभापतिको टुङ्गो लागेपछि नै हुने सभापति केसीले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







