स्याङ्जा कांग्रेस नेतृत्वका थापा र मल्लविच कडा प्रतिस्पर्धा


     एभरेस्ट आवाज    
     मंसिर १० गते २०७८ मा प्रकाशित




मंसिर १० पोखरा । स्याङ्जा कांग्रेसको नेतृत्व चयनका लागि दुई हजार १९४ जना प्रतिनिधिले मतदान गरेका छन् ।


नेपाली कांग्रेस स्याङ्जाले दिएको जानकारी अनुसार कांग्रेसमा २२५७ जना प्रतिनिधि थिए । जसमध्य २२१८ जनाले मतदान गरेका छन् ।
स्याङ्जा कांग्रेसमा सभापतिका लागि संविधान सभा सदस्य राजु थापा र गण्डकी प्रदेशसभा सदस्य भागवत प्रकाश मल्ल बीच कडा प्रतिस्पर्धा भइरहेको रहेको छ ।


साँझ ८ बजेबाट कांग्रेस जिल्ला पार्टी कार्यालय स्याङ्जामा मतगणना जारी रहेको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार २०९ मत गणना हुँदा थापाले १०५ र मल्लले १०४ मत प्राप्त गरेका छन् ।


स्याङ्जामा उपसभापतिमा पाँचविच प्रतिस्पर्धा छ । सचिव र सहसचिवमा ४÷४ जना प्रतिस्पर्धामा छन् । पदाधिकारी र र्कासमिति सदस्य सहित एक सय भन्दा धेरै प्रतिस्पर्धामा छन् ।


अन्तिम परिणाम शुक्रबार राती नै आइसक्ने अपेक्षा गरिएको स्याङ्जा कांग्रेसका एक नेताले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।