टी–२० विश्व कप एसिया छनोट: नेपालले यूएइसँग खेल्दै

- ग्लोबल छनोटमा पुग्न यूएईलाई नेपालले राम्रो रनरेटमा जित्नुपर्ने दवाव छ। ४ खेल खेल्दा यूएईको ८ अंकसहित २ दशमलव ३ सय ९८ को रनरेट छ। नेपालको ३ खेलमा ६ अंकसहित २ दशमलव ०८८ को रनरेट छ


     एभरेस्ट आवाज    
     मंसिर १२ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

आइसीसी महिला टी–२० विश्व कप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज (आइतबार) यूएईसँग खेल्दैछ ।

नेपाल र यूएईबीचको खेल दुबईमा बिहान ११ः१५ बजे सुरु हुनेछ। ग्लोबल छनोटमा पुग्न नेपालले यूएईलाई जित्नुपर्ने र नेट रनरेटमा समेत भर पर्नुपर्ने अवस्था छ।

४ खेल खेल्दा यूएईको ८ अंकसहित २ दशमलव ३ सय ९८ को रनरेट छ। नेपालको ३ खेलमा ६ अंकसहित २ दशमलव ०८८ को रनरेट छ।

प्रतियोगितामा ६ टोली सहभागी छन्। अंक तालिकामा शीर्ष हुने टोली ग्लोबल छनोटमा पुग्नेछ। ४ मध्ये ३ खेल जितेको हङकङको पनि समान ६ अंक नै छ। तर, नेट रनरेटमा हङकङभन्दा नेपाल अगाडि छ। ग्लोबल छनोटको संभावना कायमै राखेको हङकङले आज अन्तिम खेल कुवेतसँग खेल्दैछ।

पहिलो खेलमा हङकङसँग पराजित भएपछि नेपाली महिला टोलीलाई यूएईसँगको खेल निर्णायक बनेको हो। अन्तिम खेलमा हङकङले कुवेतलाई ठूलो अन्तरले हराउने र नेपालले यूएईलाई झिनो अन्तरले हराएको खण्डमा हङकङको संभावना कायम छ।   


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।