चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको निर्वाचन प्रक्रिया केही समय पर धकेलिएको छ । अहिले राती ९ बजेबाट शुरु गर्ने भनिएको निर्वाचन प्रक्रिया केन्द्रिय उम्मेद्वारहरुलाई सर्वसम्मत गराउने प्रयासका कारण केही समय पर धकेलिएको जनाइएको छ ।
यस अघि राति ९ बजे उम्मेदवारहरुको अन्तिम नामावाली प्रकाशन गर्ने भनिएको थियो ।
भूगोलबाट प्रतिनिधित्व गर्ने विभिन्न समूहबाट उम्मेदवारी दिएकाहरुलाई सर्वसम्मत गराउने कोसिस भएकाले निर्वाचन प्रक्रिया ढिलो भएको एक नेताले बताए ।
ती नेताका अनुसार अहिले सदूपश्चिमलगायत अन्य प्रदेशबाट उम्मेदवारी दिएकाहरुलाई सर्वसम्मत गराउने कोसिस भइरहेको छ ।
अहिलेसम्म खुला महिलातर्फ ५३ जना सर्वसम्मत निर्वाचित भएका छन् भने भूगोल अन्तर्गतको प्रदेश नम्बर २ र कर्णालीको केन्द्रीटीका लागि सर्वसम्मत भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







